काठमाण्डु, २२ असार– पोखरा महानगरपालिकामा बिहीबार बिहान चोरी भएको छ । पोखरा महानगरपालिका–१४ सगरमाथा टोल बस्ने ५६ वर्षीया निर्मला विश्वकर्माको घरबाट कोही नभएको अवस्थामा चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
चोरले ढोकाको ताला फोडेर नगद २० हजार रुपैयाँ, अन्दाजी ५ तोला ७० लाल बराबरको सुनका विभिन्न गरगहना, १ वटा मोतीको हार र साढे १ तोला बराबरको चाँदीका गरगहना चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको पनि जानकारी दिएको छ ।