चार दिनदेखि रारा विमानस्थलमा हवाईसेवा अवरुद्ध

काठमाण्डु टुडे २०८१ असार २२ गते १४:२० मा प्रकाशित

काठमाण्डु, २२ असार– अविरल बर्षाको कारण हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा चार दिनदेखि हवाईसेवा ठप्प छ । निरन्तर वर्षा हुँदा मुगु, जुम्ला र हुम्लामा उडान ठप्प छ ।

विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा मारमा परेका छन । तीन दिनदेखि जहाजको प्रतीक्षामा रहेका हरिकृष्ण ऐडीले शुक्रबार बसमा काठमाण्डुमा जानुपरेको जानकारी दिएका छन ।

उनले भने, ‘मौसममा सुधार आउने अवस्था नदेखेपछि बसको टिकट काट्न बाध्य भए ।’ निरन्तरको वर्षाले चार दिनदेखि नेपालगञ्जबाट हवाई उडान नभएको रारा नागरिक उड्डयन कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले जानकारी दिएका छन ।

उडान बन्द भएपछि मुगुदेखि नेपालगञ्ज, सुर्खेत, काठमाडौँतर्फ जाने यात्रु र नेपालगञ्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिएको उनले उनले जानकारी दिएका छन ।

आज पनि मौसमका कारण उडान हुने सम्भावना न्यून रहेको छ । हवाईसेवा अवरुद्ध भएपछि यात्रु जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य भएका छन् ।

हुम्लामा पनि वर्षाले तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ । खराब मौसमका कारण बुधबारदेखि हवाई सेवा अवरुद्ध भएको नागरिक हवाई उड्डयन कार्यालय सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिएका छन । हवाईसेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us