मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ असार २२ गते १४:०२ मा प्रकाशित

काठमाण्डु, २२ असार– धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक कैलारी गाउँपालिका–८ का कृष्ण चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

धनगढी उपमहानगरपालिका–१८ फुलबारीमा हसुलियातर्फ जाँदै गरेको से–३ प–५६९५ नम्बरको मोटरसाइकल नालामा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक चौधरीको शनिबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बसेका २८ वर्षका यादव चौधरी सामान्य घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us