काठमाण्डु, २२ असार– एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेले संसदीय दलको बैठक भोलि बिहान १० बजे संसद भवनस्थित ल्होत्से हलमा बस्ने गरी बोलाएको एक नेताले जानकारी दिएका छन ।
बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुने ति नेताले जानकारी दिएका छन । साथै नयाँ सरकारमा जाने तयारीको विषयमा छलफल गरिने एमालले जनाएको छ ।
नेकपा एमालले माओवादीसँग गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन् । प्रधानमन्त्री दाहालले २८ गते विश्वासको मत लिने तयारी गरेका छन ।