ओेली निवास बालकोटको सुरक्षार्थ खटिएका एपीएफका इन्स्पेक्टरको मृत्यु

काठमाण्डु टुडे २०८१ असार २२ गते १२:०४ मा प्रकाशित

काठमाण्डु, २२ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरक्षार्थ खटिएका सुरक्षा प्रमुख सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ ।

आज बिहान ५ बजे भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा सुतिरहेकै ठाउँमा हृदयघात भएपछि अस्पताल लगिएको थियो । भक्तपुर अस्पताल पुयाइएलगतै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

४३ वर्षीय इन्स्पेक्टर थापाको हृदयघातको कारण मृत्यु भएको हुन सक्ने सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले नेपालले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us