जनता समाजवादीले छाड्यो प्रचण्डको साथ

काठमाण्डु टुडे २०८१ असार २१ गते २१:३६ मा प्रकाशित

काठमाण्डु, २१ असार- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पनि सरकारबाट बाहिरिएको छ ।                                 सो पीर्टीका तर्फबाट सरकारको नेतृत्व गरेका स्वास्थ्यमन्त्री प्रदीप यादवले त्यससम्बन्धी पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । अध्यक्ष राईले प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेखेको पत्र यादवले बालुवाटार पुगेर प्रचण्डलाई बुझाए । अध्यक्ष राईले आफ्नो दल प्रतिपक्षमा बस्ने जानकारी गराएका छन् ।

जनता समाजवादी पार्टीबाट वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी, स्वास्थ्यमन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खान सरकारमा थिए । समर्थन फिर्ता लिएसँगै मन्त्रीहरूले राजीनामा दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us