काठमाण्डु, २१ असार- सिके राउत नेतृत्वको जनमत पार्टी पनि काँग्रेस एमाले गठबन्धनमा सहभागी हुने भएको छ ।
श्रोतका अनुसार राउतको दलले एमाले अभ्यक्ष केपी ओली नेतृत्वमा गठन गर्ने भनिएको सरकारलाई समर्थन गर्नेछ ।
एमालेले जनमत नेता शतिशकुमार सिंह नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत दिने भएको छ ।
संघीय समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सिंहले शनिबार बिहान ११ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ ।
मधेस प्रदेशको सरकारमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।