काठमाण्डु, २१ असार– बाँके प्रहरीले डाँका चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गर्न गोली चलाएको छ । डडुवा–६ शिखनपुरूवामा फरार प्रतिवादी सरमान सिंह सरदारलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिएका छन ।
घटना बिहीबार बिहान साढे ८ बजेतिरको भएको बताइएको छ । नलाई नियन्त्रणमा लिएर प्रहरी पुग्दा स्थानीयवासीले अवरोध पुर्याएपछि ३ राउण्ड गोली चलाइएको प्रहरीले जानकारी दिएको छ । सो क्रममा एक स्थानीयको खुट्टामा गोली लागेको बताइएको छ ।
यस्तै झडपमा एक प्रहरी समेत घाइते भएका छन् । यस्तै फरार रहेका प्रतिवादी सरमान सिंह सरदारको पनि घुँडामा एक राउण्ड गोली लागेको प्रहरीले जानकारी दिएको छ ।