भारतीय प्रधानमन्त्री मोदीले लिए वाराणसीमा अग्रता

काठमाण्डु टुडे २०८१ जेठ २२ गते ११:०० मा प्रकाशित

काठमाण्डु, २२ जेठ– छिमेकी देश भारतमा लोकसभा चुनावको मतगणना जारी छ । जारी मतगणनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अग्रता लिएका छन् ।

मंगलबार भारतमा भइरहेको मतगणनामा नरेन्द्र मोदीले अग्रता लिएका हुन्। वाराणसीमा साढे १० बजेको अपडेट अनुसार उनले ५८०३७ मत प्रप्त गर्न सफल भएका छन ।

उनका प्रतिस्पर्धी भारतीय कंग्रेस आइका उम्मेदवार अजय रायले ४४ हजार ३९९ मत प्रप्त गरेका छन । यसअघि मोदी साढे दुई घण्टा पछि परेका थिए ।

अहिले मोदी १६ हजार बढी मतले अग्रता लिएका छन्। यहाँ उनी सन् २०१४ देखि निर्वाचित हुँदै आएका छन्। सन् २०१९ मा यहाँ मोदीले ६ लाख ७४ हजार भन्दा बढी मत पाएका थिए ।

यता विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले पनि केलरको वायनाड र उत्तर प्रदेशको रायबरेलीमा अग्रता लिइरहेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us