चालु आवमा ३.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने सरकारको अनुमान

काठमाण्डु टुडे २०८१ जेठ १३ गते १३:१२ मा प्रकाशित

काठमाण्डु, १३ जेठ– आज आइतबार बसेको प्रतिनिधि सभाको बैठमा सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षण पेश गरेका छन ।

आर्थिक सर्वेक्षणमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षको पुरा अवधि र चालू आर्थिक वर्षको ८ महिनाको अवधिको विश्लेषण गरे आर्थिक सर्वेक्षण सरकारले हरेक वर्ष प्रस्तुत गर्ने गरेको छ ।

यस पटक संसदमा नाराबाजीका बीच अर्थमन्त्रीले सर्वेक्षण पेश गरेका हुन् । अर्थमन्त्री वर्षमान पुनले आर्थिक परिसूचकहरू सुधार हुँदै गएको कारण यो वर्ष ३.९ प्रतिशत आर्थिक वृद्धिदर हुने उनले जानकारी गराएका छन ।

उत्पादन मूलक उद्योग र निर्माण क्षेत्रको सङ्कुचनका बाबजुद पनि कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us