गाडीभित्रै जवानी पोखेको आरोप लागेका कान्तिपुरकर्मी भन्छन्, ‘जवानी उम्लिएकै थिएन, कसरी बिसाउनु ? ’

काठमाण्डु टुडे २०७१ साउन २८ गते ५:२० मा प्रकाशित

काठमाण्डु– कान्तिपुरकर्मी सुरज गिरी र साहना बर्जाचार्यले आफूहरुविरुद्ध सञ्चारमाध्यममा आएको सामाचारको खण्डन गरेका छन् ।
sahana-surajउनीहरु दुवैले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले कुनै अनुचित कार्य नगरेको दाबी गरेका छन् ।
एक साप्ताहिक पत्रिकाले मंगलबार केही दिनअघि चितवनमा गाडीभित्रै जवानी पोखेकाले उनीहरुलाई प्रहरीले पक्राउ गरेको समाचार आएको थियो ।

विज्ञप्तिमा उनीहरुले व्यवसायिक कामक सिलसिलामा चितवन गएको र काठमाण्डु फर्कने क्रममा साउन १२ गते मादक पदार्थ सेवन (मापसे) कारबाहीमा परे पनि बाहिर गलत प्रचार गरिएको दाबी उनीहरुको छ ।

चितवनको टाँडीमा गाडीको टायर पंचर भएको र टायर फेर्ने क्रममा प्रहरीले मापसे कारबाही गरेको दाबी छ । ‘समाचारमा भनिए झैं न हाम्रो जवानी उम्लिएको नै हो तन हामीले जवानी बिसाएका नै हौं ।

हामी दुई मिल्ने साथी हौं । उक्त समाचार झुठो, भ्रामक, कपोलकल्पित भएको र यसले हामीलाई क्षति पुर्‍याएको छ’ ज्ञिप्तिमा भनिएको छ ।

त्यस सम्बन्धमा प्रहरी नायव उपरीक्षक शान्तिराम कोइरालाले एक टेलिभिजनलाई दिएको बयानले  समेत आफूहरुले कुनै अनुचित क्रियाकलाप नगरेको पुष्टि हुने विज्ञप्तिमा छ । समाचारबाट आफूहरुप्रति पुगेको क्षतिको कानुनी उपचार खोज्ने भनाइ उनीहरुको छ ।

prees meet

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us