सुनको भाउ घट्यो

काठमाण्डु टुडे २०७१ साउन २७ गते १३:०१ मा प्रकाशित

काठमाण्डु, २७ साउन – दुई दिन स्थिर रहेको सुनचाँदीको भाउ मंगलबार भने घटेको छ ।

goldसार्वजनिक बिदाका कारण भाउ नतोकिएपछि आइतबार र सोमबार सुनको भाउ तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार भने तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ ५४ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी ८ सय १५ रुपैयाँ तोलामा किनबेच भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us