स्कुल बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु

काठमाण्डु टुडे २०८० चैत २० गते १७:३२ मा प्रकाशित

काठमाण्डु, २० चैत– नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–५ मा स्कुल बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएकी छिन् ।

मृत्यु हुनेमा स्कुटरमा सवार पर्वत फलेबास नगरपालिका–४ स्थायी घर भै हाल भरतपुर–२१ बस्दै आएकी ६८ बर्षीया पार्वती पौडेल रहेकी प्रहरीले जानकारी दिएको छ ।

बालविकास इङ्लिस बोर्डिङ स्कुलको ना ४ ख १०४१ नम्बरको बसले बा ९३ प ९२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा पौडेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पौडेलको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल राखिएको छ । दुर्घटनामा परी स्कुटर चालक गैंडाकोट ५ बस्ने २० बर्षिया आशिका सापकोटा गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us