
काठमाण्डु, १८ चैत– तीव्र गतिका बलर गुलशन झा र करण केसीको उत्कृष्ट बलिङमा भारतको स्टेट टोली गुजरातले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा नेपाललाई ९९ रनको लक्ष्य दिएको छ ।
साई मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमा ९८ रन मात्र बनाउन सफल भएको थियो ।
गुजरातका ओपनर रुद्र मयुर पटेल २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रनमा आउट भएका थिए । आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र हेमांग पटेल २० र ऋषि पटेल १ रनमा आउट भएका थिए । यस्तै सराल प्रजापति १७ रनमा आउट भएका थिए ।
नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिएका थिए । करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए ।
सोमपाल कामीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिएका थिए । दीपेन्द्रले ४ ओभरमा २३ र अभिनाश बोहराले ३ ओभरमा १७ रन बनाएका थिए ।