नेपालले गुमायो तेस्रो विकेट, गुलसन झा आउट

काठमाण्डु टुडे २०८० चैत १२ गते १५:३८ मा प्रकाशित

काठमाण्डु, १२ चैत– आज सोमबार त्रिवि क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय २२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटका रूपमा चौथो नम्बरका ब्याट्सम्यान गुलसन झालाई गुमाएको हो । उनी चार रन बनाउँदै पेभेलियन फर्किएका छन । उनलाई आयरल्यान्डका बलर बेन ह्वाइटले कार्माइकलद्वारा क्याच गराएका थिए । ४.५ ओभरमा गुलसन आउट हुँदा नेपालले ३७ रन बनाउन सफल भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us