आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालले पायो १२२ रनको लक्ष्य

काठमाण्डु टुडे २०८० चैत १२ गते १५:१६ मा प्रकाशित

काठमाण्डु, १२ चैत– आज सोमबार त्रिवि क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ ले नेपाललाई जितका लागि एक सय २२ रनको लक्ष्य दिएको छ ।

टस जिती पहिले ब्याटिङ राजेको भ्रमणकारी आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाउन सफल भएको थियो ।

आयरल्यान्ड ‘ए’ का लागि ओपनर ब्याट्सम्यान स्टेफन डोहेनीले सर्वाधिक ४६ रन बनाएका थिए । अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

नेपाली टोलीका बलर कुशल भुर्तेल, गुलसन झा र ललित राजवंशीले दुई–दुई विकेट लिन सफल भएका थिए । कुशल मल्ल र करण केसीले पनि एक–एक विकेट लिएका थिए । आयरल्यान्ड ‘ए’ ले अतिरिक्त रूपमा केवल पाँच रन पायो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us