खोला प्लटिङ गर्ने माओवादी नेता पुरीविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाण्डु टुडे २०८० फागुन १३ गते २०:५० मा प्रकाशित

काठमाण्डु, १३ फागुन– अख्तिया दुरुपयोग अनुसन्धान आयोगले माओवादी केन्द्रका नेता रेवतराज (गगन) पुरी विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गराएको छ ।

झापाको रतुवा र दिपिनी खोला किनारको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेका पुरीविरुद्ध अख्तियारले आइतबार मुद्धा दायर गरेको हो ।

पुरीले दमक नगरपालिका– १३ र १४ स्थित रतुवा खोला र दिपिनी खोला दोभान छेउको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेका थिए ।

अख्तियारले पुरी, उनकी श्रीमती, सरकारी जग्गा किर्ते प्रकरणमा संलग्न मालमोत र नापी कार्यालयका कर्मचारी, लेखापढी व्यवसायी, बिचौलिया र उक्त जग्गा खरितकर्ताविरुद्ध समेत भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

अख्तियारले पुरीसहितसँग ९ करोडभन्दा बढी बिगे माग दाबी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us