गठबन्धन सरकारप्रति पार्टीमा ठुलो असन्तुष्टि छ: झलनाथ खनाल

काठमाण्डु टुडे २०८० फागुन ९ गते १६:३५ मा प्रकाशित

काठमाण्डु, ९ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धन सरकारप्रति आफ्नो पार्टी एकीकृत समाजवादी भित्र ठुलो पक्ष असन्तुष्ट रहेको बताएका छन ।

आज (बुधवार) झापामा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताएका हुन ।नेता खनालले सरकारमा आफ्नो पार्टी निमित्तमा सहभागी बनेको जिकिर गर्दै गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको आरोप लगाएका छन ।

उनले देशले नयाँ कोर्षको माग गरिरहेको भन्दै आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोंचविचार, नीति कार्यक्रमबजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गरेका छन ।

उनले गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले जनतालाई छुन नसकेको भन्दै खनालले मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको बताएका छन ।

उनले उद्योगबाट आउने राजश्व देशमा विक्रमसम्बत १९९५ को भन्दा कम रहेको भन्दै उनले त्यसवेला नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १४ प्रतिशत योगदान गरेको भएपनि अहिले ५ प्रतिशत भन्दा कम रहेको बताएका छन ।

उनले भने, ‘देशले नयाँ कोर्षको माग गरिरहेको छ । देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ’ सरकारले ल्याएको नीति र कार्यक्रमले जनतालाई छोएको छैन । यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन । यसमा हाम्रो वृहत असन्तुष्टि छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us