शानदार जीतसँगै क्यानडाविरुद्धको एकदिवसीय सिरिज नेपालले गर्‍यो क्लिनस्वीप

काठमाण्डु टुडे २०८० माघ २९ गते १६:१० मा प्रकाशित

काठमाण्डु, २९ माघ– क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिज नेपालले क्लिनस्वीप गरेको छ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार नेपालले क्यानडालाई नौ विकेटले हराएको हो ।

जितसँगै नेपालले तीन खेलको शृङ्खला ‘क्लिन स्वीप’ गरेको हो । पहिले ब्याटिङ गर्दै क्यानडाले २ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले उक्त लक्ष्य ३३ बल अगावै मात्र १ विकेटको क्षतिमा पछ्यायो ।

नेपालका लागि अनिल साह र भीम सार्कीले शतकीय पाली खेले । साहले नटआउट रहँदै ११२ तथा भीम सार्कीले नटआउट रहँदै १०१ रन बनाएका थिए ।

नेपालले एकमात्र विकेटको रुपमा १३ रन बनाएका कुशल भुर्तेललाई गुमाएको थियो । यसअघि नेपाल पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us