कुशल मल्लले दिलाए नेपाललाई चौथो सफलता

काठमाण्डु टुडे २०८० माघ २५ गते १६:०८ मा प्रकाशित

काठमाण्डु, २५ माघ– त्रिवि क्रिकेट मैदानमा जारी एक दिवसीय क्रिकेटमा क्यानडाले चौथो विकेट गुमाएको छ । नेपालसँग जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले चौथो विकेट गुमाएको हो ।

क्यानडाविरुद्ध नेपालका कुशल मल्लले चौथो विकेट लिएका छन् । उनले ३२ रन बनाएका हर्श थाकरलाई बोल्ड गरेका हुन् । २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले उनी आउट हुँदासम्म ३३ ओभरमा ४ विकेट गुमाएर १७१ रन बनाइसकेको छ । यसअघि कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी र रिजन ढकालले विकेट लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us