सेयर बजारमा हरियाली, हाइड्रो पावर चम्कियो

काठमाण्डु टुडे २०८० पुष १८ गते १९:२६ मा प्रकाशित

काठमाण्डु, १८ पुस– साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

नेप्से २७.९० अंकले बढेर २ हजार ५८ बिन्दुमा पुगेको छ । यसअघि सोमबार ८.७५ अंक र मंगलबार १.४ प्रतिशतले नेप्से ओरालो लागेको थियो । यस्तै ठूलो कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.७६ अंकले बढेर ३८४.२९ बिन्दुमा पुगेको छ ।

कारोबार सुरु भएदेखि उचार चढावमा रहेको नेप्से अन्तिम समयमा आएर दोहोरो अंकले बढेको हो । कारोबारमा आएका २ सय ९ कम्पनीको २०९ स्क्रिप्टको मूल्य बढेको छ ।

३० कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य भने स्थिर रह्यो । सात कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्यो । दोहारो अंकले बढेको बजारमा पनि लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गगुमाए ।

सो कम्पनीको सेयर मूल्य ५.१० प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा सोनापुर मिनरल्स शीर्षस्थानमा रह्यो । उक्त कम्पनीको २६ करोड बरारको सेयर कारोबार भयो ।

हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक बढेको छ । उक्त उपसमूहको शेयर मूल्य ३।०८ प्रतिशतले बढेको छ । यस्तै होटल्स तथा पर्यटन, लगानी, मनु एण्ड प्रो र नन लाइफ इन्स्योरेन्सको सेयर मूल्य २ प्रतिशत बढीले बढ्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us