
काठमाण्डु, १६ पुस– लगातार ओरालो यात्रामा रहेको सेयर बजार मापक नेप्से परिसूचक सोमबार पनि घटेको छ ।
साताको पहिलो कारोबार दिन सोमबार लागातार पाँचौं दिन नेप्से घटेको हो ।
सोमबार नेप्से ८.७५ अंकले घटेर २०६०.१५ बिन्दुमा आएको छ । यस्तै सेन्सेटिभ इण्डेक्स ०.३७ अंकले घटेको छ ।
फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले ओरालो लागेको छ ।
नेप्से घटेपनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । अघिल्लो कारोबार दिन ४ अर्ब २९ करोड बराबरको शेयर खरिद बिक्री भएको बजारमा सोमबार ३ सय ६ कम्पनीको १ लाख २ हजार ९ सय ५ पटकको कारोबारमा ४ अर्ब ४८ करोड ३९ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख ९२ हजार कित्ता शेयर खरिद बिक्री भयो ।
सोमबार ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, चिरख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ्ग कम्पनी, हाथवे इन्भेष्टमेन्ट र मुक्तिनाथ कृषि कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यस दिन मोलुङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ८.०९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रह्यो । १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ ।