नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाण्डु टुडे २०८० पुष २ गते १६:११ मा प्रकाशित

काठमाण्डु, २ पुस– आज सोमबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक नौ दशमलव ५६ अङ्कले उकालो लागेर तीन सय ९० दशमलव ६३ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।

कूल दुई करोड १४ लाख ९७ हजार छ सय १९ कित्ता शेयर रु छ अर्ब ८६ करोड ८१ लाख ७७ हजार पाँच सय ५६ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार, कारोबार भएकामध्ये हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रू २६ करोड २६ लाख ७४ हजार चार सय ७२ बराबरको कारोबार भएको छ । सोनापुर मिनरल्स रू २० करोड २८ लाख ४६ हजार दुई सय १४, सोल्टी होटल रू १८ करोड ४३ हजार ४७ हजार, शिवम् सिमेन्ट रू १६ करोड ८३ लाख ९६ हजार पाँच सय ९७ र घोराही सिमेन्ट रू १४ करोड ३३ लाख २० हजार छ सय ६२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

बोटलर्स नेपाल, सूर्यज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त विकास बैंक, जीवन विकास लघुवित्त, बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेस्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us