
काठमाण्डु,२४ मंसिर– आज आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । साताको पहिलो दिन आज नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको महासंघले जानकारी दिएको छ । शुक्रबार प्रतितोला १४ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।