काठमाण्डु, १४ मंसिर– सेयर बजारको ओरालो यात्रा सोमबार पनि रोकिएन ।
लगातार घट्दै आएको सेयर बजार मापक नेप्से बिहीबार चौथो दिन पनि दिन पनि घटेर बन्द भएको हो । बिहीबार नेप्से १८ अंकले घटेर १८५८.५३ बिन्दुमा पुगेको छ ।
कारोबार रकममा भने केही वृद्धि भएको छ । अघिल्लो कारोबार दिन १ अर्ब १ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकामा बिहीबार विभिन्न कम्पनीका १ अर्ब ३२ करोडका सेयर कारोबार भएको छ । २ सय १ कम्पनीको सेयर घट्दा ३२ कम्पनीको मूल्य मात्र बढ्यो ।
यस्तै ६ कम्पनीको ६ सेयर मूल्य स्थिर रह्यो । फाइनान्स र होटल समूहका सूचक सर्वाधिक १.५ प्रतिशत प्रतिशतले घटेको छ ।
रुरु जलविद्युत् आयोजनाको मूल्य सबैभन्दा धेरै ५.६ प्रतिशत बढ्यो भने विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशतले घट्यो ।