
chyangra काठमाण्डु, ३० असोज– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका तथा च्यांग्राको मूल्य निर्धारण गरेको छ ।
कम्पनले आजदेखि दसैंका लागि खसीबोका बिक्री गर्दैछ । जीउँदो खसीबोका प्रतिकिलो ६ सय ८० रूपैयाँमा बेच्ने कम्पनीले जनाएको छ । च्यांग्रा प्रतिकिलो एक हजार दुई सय ६० रूपैयाँमा बिक्री गर्ने कम्पनीको भनाइ छ । सो मूल्यमा उपभोक्ताले प्रतिकिलो १० रूपैयाँ छुट पाउनेछन् ।
कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेलेथापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्यांग्रा बिक्री गरिने जानकारी दिइन् ।
कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्यांग्रा ल्याएको छ । दसैंमा दुई हजार खसीबोका तथा एक हजार च्यांग्रा बिक्री गर्ने कम्पनीको तयारी छ ।