
काठमाण्डु, २३ असोज– सेयर बजार परिसूचक नेप्से चार महिना यताकै न्यून बिन्दुमा झरेको छ ।
यसअघि गत जेठ २१ गते १८६६ बिन्दुबाट उकालो लागेको नेप्से करिब सोही बिन्दुमा झरेको छ ।
मंगलबार १९ अंकले घटेर घटे नेप्सेले १८८९ बिन्दु छोएको छ ।
यो साता तीनवटै कारोबार दिनमा नेप्से ओरालो लागेको छ । रनेपाल राष्ट्रबैंकले सेयर धितो कर्जाको एकल ग्राहक सीमा १२ लाखबाट बढाएर १५ लाख र संस्थागत सीमा २० लाख पु-याए पनि लगानीकर्तामा उत्साह बढेन ।
मंगलबार सेन्सेटिभ इण्डेक्स ३.४५ अंक घटेको छ । नेप्से कारोबार रकममा भने सोमबारको तुलनामा सामान्यवृद्धि भएर १ अर्ब १७ करोड पुगेको छ । २ सय ८२ स्टकको ४४ हजार ६९ पटकको कारोबारमा १ अर्ब २८ करोड ३१ लाख रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता शेयर किनबेच भयो ।
अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.८६ प्रतिशत बढेको छ । तर, बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.६४ प्रतिशत घटेको छ । १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ ।
जलविद्युत उपसमूहको परिसूचक सर्वाधकि १.७९ प्रतिशत घटेको छ । विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।