सुनकोसी बाढीले ६६ मेघावाट विद्युत आपूर्ति बन्द, लोडसेडिङ बढ्ने

काठमाण्डु टुडे २०७१ साउन १७ गते १४:३० मा प्रकाशित

काठमाण्डु, १७ साउन– सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले थुनिएको सप्तोकोसी नदीका कारण तीनवटा उलविद्युत उत्पादन केन्द्रको विद्युत उत्पादन बन्द भएको छ । sanima

जसका कारण देशभर लोडसेडिङ बढ्ने देखिएको छ । पहिरोका कारण थुनिएको सुनकोसीले ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत आयोजनाको टावर ढलेको छ ।

यस्तै १० मेगावाटको सुनकोसी पावर हाउस, साँढे २. ५ मेगावाटको सानिमा हाईड्रोपावर, ६ मेघावाटको चाकु र ३ मघावाटको भैरवकुण्ड जलविद्युत आयोजनाको उत्पादन गृहमा क्षति पुगेकाले उत्पादन बन्द भएको छ । योसँगै राष्ट्रिय प्रसारण लाइनमा साँढे ६६ मेगावाट विद्युत आपूर्ति अवरुद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जलविद्युत आयोजना प्रभावित भएका कारण देशभरको विद्युत आपूर्तिमा असर पर्ने बताए ।
यद्यपि भारतबाट बिजुली ल्याएर भए पनि विद्युत कटौती कम गर्न प्रयास गर्ने उनको भनाइ छ ।
नेपाल प्राधिकरणले हाल सातामा साढे ४७ घण्टा लोडसेडिङ गर्दै आएको छ । कति घण्टा लोडसेडिङ बढाउने भन्ने विषयमा आइतबार निर्णय हुने भाटले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us