
दाङ, १७ भदौ– दाङमा १३ वर्षीया दृष्टिविहीन बालिकालाई बलात्कारगरेको आरोपमा एक जना पक्राउ परेका छन् । राप्ती गाउँपालिका – २ स्थित आदर्श नमूना माद्यमिक विद्यालयमा अध्यनरत १३ बर्षीयादृष्टिविहीन बालिका बलात्कृत भएकी हुन् । बलात्कार आरोपमा सोही विद्यालयका कार्यालय सहयोगी गढवा गाउँपालिका–१ झरौनीका४५ बर्षीय रामबहादुर खनाल हुन् । बालिकाकी आमाले किटानी जाहेरी दिएपछि खनाललाई आइतबार विद्यालयबाटै नियन्त्रणमालिइएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहले बताए ।
प्छात्रावासमा कोही नभएको मौका छोपेर खनालले गत ४ भदौमा भान्छा कोठामा लगेर बालिकामाथि बलात्कार गरेको प्रहरीले जनाएकोछ ।