
काठमाण्डू, ७ भदौ– सामाजिक सन्जाल फेसबुकमा उत्तेजक पोस्टगरेका काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई पक्राउ गरेर कारोबारी गर्न सरकारमाथि दबाब परेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई साहलाई पक्रन दबाब आएको हो । प्रचण्ड रनारायणकाजी दुवैको सचिवालय स्रोतले बालेनलाई पक्रेर क़ानूनी कारबाही गर्न सुझाव र दबाब आएको पुष्टि गरेको छ । सुऱक्षानिकायका उच्च अधिकारीले पनि बालेनका कारण सुरक्षा थ्रेट बढेकाले कन्ट्रोल गर्नुपर्ने बताएको गृह स्रोतले जनाएको छ । सामाजिकसन्जालमा पनि कतिपयले उनलाई कारबाही गर्न माग गरेका छन् । पत्नी सवार सरकारी गाडी ट्राफिक प्रहरीले रोकेको भन्दैसिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए ।