
काठमाण्डू, १७ भदौ– कोशी प्रदेश सरकारविरूद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुनेभएको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजालसले अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाउन आदेश गरेकोहो ।
गत ४ भदौमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा संसदको अध्यक्षता गरेका कॉग्रेस सॉसद इस्राइल मन्सुरीले विश्वासको मतदिएको विरोधमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा किट दायर गरेका थिए ।
सर्वोच्चले ७ भदौमा सुनुवाइ गर्दै कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको थियो ।
सर्वोच्चको आदेशपछि कोशीमा बजेट होलिडेको अवस्था छ ।