पेप्सीकोला दुर्घटनाः सशस्त्र प्रहरीकी जवान थापासहित दुईको मृत्यु

काठमाण्डु टुडे २०८० भदौ १७ गते १२:२३ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– काठमाण्डुको पेप्सीकोलामा दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत जवान २५ वर्षीया उषा थापा र सर्लाहीका २१ वर्षी राज भट्टराई रहेको जिल्ला प्रहरी परिसर काठमण्डुका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

उनीहरुको मिनभवनस्थित निजामति अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । आइतबार बिहान काठमाण्डुको पेप्सीकोलामा क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा३ख ४८४८ नम्बरको बसले विपरीतबाट आउँदै गरेको बा६च ५३४२ नम्बरको बोलेरो जिप तथा बा.प्र०२०३७प५३११ नम्बरको स्कुटर र बा.प्र.०२९०४१प४८३८ नम्बरको मोटरसाइकललाई उकैसाथ ठक्कर दिएको थियो ।

 त्यस क्रममा १४ जना घाइते भएका थिए । ढुंगेलका अनुसार मृतक थापा स्कुटर पछाडि सवार थिइन् भने भट्टराई मोटरसाइकल चालक हुन् ।

ठक्क दिने बसका चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका–२ का २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us