काठमाण्डुका एसएसपी खत्रीले सम्हाले कार्यभार

काठमाण्डु टुडे २०८० भदौ १० गते १०:४२ मा प्रकाशित

काठमाण्डु, १० भदौ– जिल्ला प्रहरी परिसर काठमाण्डु प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले कार्यकार सम्हालेका छन् ।

खत्रीले शनिबार कार्यभार सम्महालेका हुन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ४ भदौमा परिसर र उपत्यका अपराध महाशाखाका एसएसपी परिवर्तन गरेका थिए ।

यसअघि परिसर प्रमुख रहेका एसएसपी दानबहादुर कार्कीको प्रहरी मुख्यालयमा सरुवा भएको छ । यस्तै अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसी प्रहरी मुख्यालयअन्तर्गतको महिला बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालय र कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयलमा सरुवा भएको छ ।

महिला बालकालिका सेलमा सरुवा भएका छन् भने उनको ठाउँमा एसएसपी सोमेन्द्रसिंह राठौर आएका छन् । राठौर यसअघि राष्ट्रिय सुरक्षा परिषद सचिवालय सिंहदरबारमा थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us