यस्तो बन्दैछ अन्तर्राष्ट्रिय विमानस्थल

काठमाण्डु टुडे २०७१ साउन १६ गते १४:४५ मा प्रकाशित

काठमाण्डु, १६ साउन–चालु आर्थिक वर्षमा सरकारले आठ करोड रुपैयाँ खर्चेर त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थल सुधार गर्ने भएको छ । एशियाली airportबिकास बैंक (एडिबी) को सहयोगमा सरकारले विमानस्थल सुधारलाई तिब्रता दिन लागेको हो ।

यो बर्ष अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) एनेक्स १४ अनुसार रनवे, ट्याक्सी वे, रन वे सेफ्टी एरिया, आपतकालीन जहाज पार्किङ, टर्मिनल भवन, जहाजको ह्याङ्गर लगायत मर्मत एवं सुधार गरिनेछ। विस्तार योजना अन्तर्गतविमानस्थलको उत्तर र दक्षिणतर्फ तीन/तीन सय मिटर धावनमार्ग बढाउने काम सुरुभइ सकेको छ । अहिले तीन हजार मिटर रहेको धावन मार्ग विस्तार पश्चात तीनहजार छ सय मिटरको हुनेछ ।

योजना अनुसार आन्तरिकतर्फ ४२ र अन्तर्राष्ट्रियमा नौ वटा जहाज पार्किङक्षमता बढ्नेछ। विमानस्थलमा हाल अन्तराष्ट्रियतर्फ दुईवटा वाइड बडी रसातओटा न्यारोबडी गरी जम्मा नौ ओटा मात्र जहाज पार्किङ गर्न सकिन्छ। यसलाईबढाएर नौ वटा वाइडबडी ठूलो वा १८ ओटा न्यारोबडी जहाज पार्किङ गर्न सक्नेबनाउन लागिएको हो । पार्किङ विस्तारसँगै हवाई यात्रु प्रतिक्षालय पनिबन्नेछ ।

नयाँ योजना अन्तर्गत अन्तर्राष्ट्रिय अध्यागमन क्षेत्र चार सय ३७ वर्गमिटर, अध्यागमन सुरक्षा १८ वर्गमिटर, प्रस्थान प्रतिक्षालय ३१ वर्गमिटर, ड्युटिफ्री सप एक सय १५ वर्गमिटरले विस्तार हुनेछन् ।

अहिले विमानस्थलमा अवतरण गरेपश्चात अन्तर्राष्ट्रिय उडानका जहाजलाई पुनःउडान गर्न कम्तिमा एक घण्टा लाग्छ, कुनै कारणले त्यस भन्दा बढी समय लागेकोखण्डमा एयर ट्राफिक व्यवस्थापन मिलाउन गाह्रो पर्ने गरेको हुँदा पार्किङक्षमता बढाउन लागिएको नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु बताउँछन् ।आइकाओले पनि नेपाललाई विमानस्थल सुधारबारे बारम्बार सचेत गराउँदै आएको थियो।

क्षमता अभिवृद्धिका अलावा विमानस्थल विस्तारको पहिलो चरण अन्तर्गतधावनमार्ग बढाउनेदेखि सुरक्षा अभिवृद्धिका लागी भ्वाइस कम्युनिकेशन तथाकन्ट्रोल सिस्टम (भीसीसी), एयर ट्राफिक कन्ट्रोलर (एटीसी) अटोमेशन,  नयाँसुरक्षा जाँच प्रणाली, भिजुअल फ्लाईट रेगुलेशन कक्षको रिनोभेशन लगायतका कामछन्।

दोस्रो चरणमा नयाँ ट्याक्सी वे तथा अन्तर्राष्ट्रिय टर्मिनल भवननिर्माणलगायतका गरिने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधार आयोजनाजानकारी दिएको छ। विमानस्थल कार्यालयले आन्तरिक बजेटबाट नै वार्षिक न्युनतम५० देखि ६० करोडसम्मको काम गर्ने गरेको छ। चालू आर्थिक वर्षमा विमानस्थलकार्यालयको लागि एक अर्बको विकास बजेट प्राधिकरणले विनियोजन गरेको छ।

पुरानो योजनालाई निरन्तरता
सरकारले जारी गरेको बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाईआधुनिकीकरण गरी सुविधा सम्पन्न बनाइने योजना पुरानैलाई निरन्तरता दिएको हो ।

अर्थमन्त्री रामशरण महतले बजेटमा विमानस्थल निर्माण र सुधारलाई प्राथमिकतादिइने बजेटमा उल्लेख गरिएको बताए पनि पुरानै कार्यक्रमलाई निरन्तरता दिएकोसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव पूर्णचन्द्रभट्टराईले बताएका छन् । उनी भन्छन्, ‘सरकारले बजेटमा नयाँ योजनाको रुपमाविमानस्थल आधुनिकीकरणलाई ल्याए पनि यो पुरानै कार्यक्रमको निरन्तरता हो ।’

एडीबीको आठ करोड अमेरिकी डलर सहयोग र नेपाल नागरिक उड्डयन प्राधिकरणको एककरोड २० लाख डलरमा यस विमानस्थलको क्षमता विस्तारको काम भइरहेको छ। यस रकममध्ये एडिबीले सात करोड डलर ऋण र एक करोड डलर अनुदानमा प्रदान गरेको छ ।विमानस्थलको क्षमता विस्तfरमा नौ करोड २० लाख डलर अनुमान गरिएकोले एक करोड२० लाख डलर प्राधिकरणले आन्तरिक स्रोतबाट खर्च गर्ने उल्लेख छ ।

सन् २०१६ सम्ममा धावनमार्गको लम्बाई, ट्याक्सी वे लगायतमा अन्तर्राष्ट्रियमापदण्ड पूरा हुने मन्त्रालयका सहसचिव भट्टराई बताउँछन् । आइकाओले तोकेकोसबै मापदण्ड पूरा गर्न भने गुरुयोजना नै पूरा हुनुपर्ने पनि उनको भनाइ छ।

सन् १९५० देखि उडान तथा अवतरण सुरु गरेको यो विमानस्थललाई सन् १९६४ देखित्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण गरिएको थियो। यो विमानस्थललेअहिलेसम्म अन्तर्राष्ट्रिय मापदण्ड भने पूरा गर्न सकेको छैन् । वार्षिक एकअर्ब रुपैयाँ खर्च भइरहेको यो विमानस्थलले नियमित रुपमा योजना अनुसारको कामभए मात्रै सन् २०२८ सम्ममा मात्र आइकाओले तोकेको मापदण्ड अनुसारकोविमानस्थल बन्ने छ ।

अरु विमानस्थलका योजनानिरन्तर
त्रिभुवन विमानस्थल मात्रै होइन बाहिरका पोखरा, भैरहवा र निजगढविमानस्थललाई अगाडि बढाउने योजना पनि पुरानै हो । बजेटमा भनिएको छ, ‘भैरहवास्थित गौतम वुद्ध क्षेत्रीय विमानस्थलको निर्माण कार्य अगाडि बढाइनेछ। पोखरा विमानस्थलको लागि जग्गा प्राप्ति तथा आधारभूत पूर्वाधारको कार्यसम्पन्न गरी विमानस्थल निर्माण कार्य प्रारम्भ गरिनेछ ।’

यस्तै बजेटमा बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकालागि आगामी वर्ष बस्ती स्थानान्तरण गरिने उल्लेख छ। यी सबै विमानस्थलकोनिर्माण पूर्वका चरणहरूका काम सक्न ५० करोड रुपैया बजेटमा विनियोजन गरिएको छ। विराटनगर, नेपालगन्ज र धनगढी विमानस्थलहरूलाई सुविधासम्पन्न क्षेत्रीयविमानस्थलको रूपमा विकास गर्न बजेट छुट्याइएको छ।

नयाँ आन्तरिक विमानस्थल अध्ययन र सुधारमासात अर्ब
सरकारले बजेटमा नयाँ विमानस्थल निर्माणका लिग सम्भाव्यता अध्ययन गर्नआवश्ययक रकम विनियोजन गरेको छ । बजेटले तय गरेको व्यवस्था अनुसार सुर्खेतकोरामघाटमा विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन गरिनेछ। प्यूठानकोचाल्नेटार र तेह्रथुमको चुहान डाँडामा विमानस्थल निर्माणको सम्भाव्यताअध्ययन गरिनेछ।

यसका साथै जनकपुर, भद्रपुर र सुर्खेत विमानस्थललाई रात्रीकालीन अवतरणयोग्यबनाउने, राजविराज विमानस्थललाई सञ्चालनमा ल्याउने सहितका आन्तरिक विमानस्थलनिर्माण र सुधारका लागि सात अर्ब आठ करोड रकम विनियोजन गरिएको अर्थमन्त्रीमहतले बजेट भाषण मार्फत घोषणा गरेका छन् ।

बिजमाण्डु डटकमबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us