एमाले र रास्वपा सांसदद्वारा लेखा समिति बैठक बहिस्कार

काठमाण्डु टुडे २०८० साउन ३२ गते १९:५१ मा प्रकाशित

काठमाण्डु, ३२ साउन– प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठक स्थगित भएको छ ।

एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु अनुपस्थित रहेपछि बैठक नबसी स्थगित भएको हो ।

ती दलका सांसदले सभापति चयन नभएसम्म बैठकमा उपस्थित नहुने बताएका थिए ।

प्रमुख राजनीतिक दलहरुबीच सभापतिमा भागबण्डा मिले पनि सभापति चयन अझै हुन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us