शौचालयको सेफ्टी ट्याङ्कीमा फसेर हात्तीको मृत्यु

काठमाण्डु टुडे २०८० साउन ३२ गते ९:३५ मा प्रकाशित

कञ्चनपुर, ३२ साउन– कञ्चनपुरको शुक्लाफाँटामा शौचालयको सेफ्टी ट्याङ्कीमा फसेर जंगली हात्तीको ज्यान गएको छ ।

शुक्लाफाँटा नगरपालिका–७ कालापानीस्थित वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्टी ट्याङ्कीमा फसेर हात्रीको मृत्यु भएको हो । सो स्थान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र नजिकै पर्छ ।

निकुञ्ज प्रमुख किशोरकुमार मेहताले हात्तीको पछाडिको शरीर सेप्टिक ट्याङ्कीमा फसेर मृत्यु भएको अवस्थामा फेला परेको बताए ।

मृत हात्तीलाई बाहिर निकालेर शव परीक्षणपछि अन्त्येष्टि गरिने निकुञ्जले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us