२३ सहकारीको दर्ता खारेज

काठमाण्डु टुडे २०७१ साउन १५ गते १२:०८ मा प्रकाशित

स्याङ्जा , १५ साउन – डिभिजन सहकारी कार्यालय स्याङ्जामा आर्थिक वर्ष २०७०–०७१ मा २३ वटा सहकारी दर्ता खारेज भएका छन् । जिल्लामा सहकारी दर्ता खारेजी गत वर्षको तुलनामा यस वर्ष ९ वटाले बढी हो ।

अघिल्लो आर्थिक वर्षमा १४ सहकारी दर्ता खारेज भएका थिए । ३३३ सहकारी संस्था रहेकामा यस वर्ष खारेज हुनेमा ५७ बहुउद्देश्यीय सहकारीमध्ये सबैभन्दा धेरैै सातवटा बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

यसैगरी अन्यमा दुग्ध उत्पादन सहकारी संस्था पाँच, उपभोक्ता सहकारी चार, कृषि सहकारी संस्था लिमिटेड तीन, स्वास्थ्य सहकारी दुई र एक÷एकवटा जिल्ला बचत तथा कृषि सहकारी रहेको डिभिजन सहकारी कार्यालय स्याङ्जाले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us