
काठमाण्डु – बलिउड ‘ब्लकबस्टर’ दीपिका पादुकोण प्रेमी रणवीर सिंहसँग ‘डेटिङ्ग’ धाइरहेकी छिन् ।
रणवीरले सच्चा प्रेमीको भूमिका देखाउन दीपिकाका लागि मर्न समेत तयार रहेको बताएका छन् ।
दीपिका अभिनित चलचित्र ‘फाइन्डिङ्ग फनी’मा उनले छोटो भूमिकामा खेल्न निर्देशकसँग आग्रह गरेका छन् । जसमा रणवीरको भूमिका श्रीमानको हुनेछ र उनको मृत्यु हुन्छ ।
दीपिकासँग मस्ती मार्न र रमाइलो साथका लागि यो भूमिकामा खेल्न आग्रह गरेको रणवीरले खुलासा गरेका छन् । उनले सित्तैमा श्रीमानको भूमिकामा अभिनय गरिदिने निर्देशकलाई बताएका छन् ।
दीपिकाले भने रणवीरसँग श्रीमान –श्रीमतीको भूमिकामा खेल्ने कुनै इच्छा जाहेर नगरेको बताएकी छिन् ।
‘फ्रेन्डसीप’ र ‘प्रोफेसन’लाई एउटै थलोमा मिक्स गरेर रोमान्स गर्न पाएकोमा खुसी भएको प्रष्ट्याएकी छिन् ।