बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने सरकारको घोषणा

काठमाण्डु टुडे २०८० जेठ ५ गते १८:४४ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– सरकारले राष्ट्रिय परिचय पत्र लिन थप कसिलो व्यवस्था घोषणा गरेको छ । आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषण गरेका हुन ।

नीति तथा कार्यक्रममा भनिएको छ, बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा र स्थायी लेखा नम्बर लिंदा अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र नम्बर चाहिने व्यवस्था गरेको हो ।

यो कार्य आगामी तीन वर्ष भित्र लागु हुने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । नागरिकको जैविक विवरण एक पटक मात्रै लिने पनि सरकारले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us