सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने सरकारको घोषणा

काठमाण्डु टुडे २०८० जेठ ५ गते १८:२९ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– सरकारले सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको छ । आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषण गरेका हुन ।

पौडेलले बढ्दो महँगी नियन्त्रण गरिने बताएका छन । राष्ट्रपति पौडेलले एकीकृत प्रतिष्ठानअन्तर्गत सबै प्रदेशहरुमा मेडिकल कलेज स्थापना गर्ने बताएका छन ।

यस्तै चिकित्सा शिक्षा सम्बन्धी प्रतिष्ठानहरुलाई एकीकृत छाता ऐनअन्तर्गत सञ्चालन गरिने पनि उनले बताएका छन । उनले प्रदेश र क्षेत्रीय अस्पताललाई स्तरोन्नति गरी शिक्षण अस्पताल बनाउने घोषणा गरेको छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us