
काठमाण्डु, ११ साउन –भारतको जिटीबीबाट प्रसारण भएको चर्चित कार्यक्रम डान्स इन्डिया डान्स लिटिल मास्टर सिजन ३ को बिजेता टेरिया मगर कतार आउने भएकी छिन्।
अन्तराष्टिय कलाकार मञ्च कतार शाखा र शाश क्रियसनको संयुक्त आयोजनामा इदको दोस्रो दिन सनैयास्थित वेस्ट इण्डिज पार्कमा आयोजना हुने मेघा कन्सर्टमा आफ्नो नृत्य प्रस्तुत गर्न टेरिया कतार आउन लागेकी हुन्।
इदको बिदामा कतारमा कार्यरत नेपालीको मनोरन्जनका लागी यो हाम्रो बिशेष कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक कल्याण घिमीरेले बताए।
कतारमा नेपाली चलचित्रको प्रदर्शन तथा प्रबर्धन गर्ने उदेश्यका साथ आयोजना हुनलागेको मेघा कन्सर्टमा नेपालीलाई मनोरन्जन प्रदान गर्न नेपालका चर्चित नायकहरु आर्यन सिग्देल, सबिन श्रेष्ट र बिष्णु कार्की नायीकाहरु निस्मा घिमीरे, सोभिता सिंखडा र भोजपुरी नायीका सलोभी तथाद गायकहरु सुगम पोखरेल, शिब परियार र पशुपति शर्मा गायीका सुनिता दुलाल तथा हांस्य कलाकारहरु हर्के हवल्दार र निर्मली आउन लागेको कन्सर्टको मिडीया संयोजक एनएस इन्टरटेन्मेन्टले जानकारी दिएको छ ।
करिब १७ हजार दर्शक क्षमताको वेस्टइण्डीजपार्कमा हुने उक्त कन्सर्टमा आबश्यक सुरक्षा ब्यबस्था लगायतको तयारी पुरा भै सकेकको संयोजक घिमीरेले बताएका छन । घिमीरेका अनुसार झण्डै ६० प्रतिशत भन्दा बढी टिकट बिक्रि भै सककेको छ ।
अत्याधिक दर्शक कार्यक्रममा सहभागीहुने निश्चितप्राय भै सकेकोले कार्यक्रम हालसम्मकै सबैभन्दा सफल बन्ने आयोजक पक्षको दाबी छ ।