नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न माओवादी सांसद सापकोटाको आग्रह

काठमाण्डु टुडे २०८० जेठ १ गते १४:१२ मा प्रकाशित

काठमाण्डु, १ जेठ– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह गरेका छन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘मानव तस्कर सहितको विषय अगाडि आएको छ ।

सम्पूर्ण देश केन्द्रित भएर यस विषयमा अगाडि जानुपर्छ’ यसलाई विषयान्तर गर्नु भनेको अन्तत भ्रष्टाचारलाई सघाउ पुर्याउनु हो ।’

नक्कली भुटानी शरणार्थी प्रकरणलाई सही रुपमा टुंगोमा पुर्याएर भ्रष्टाचारका अन्य फाइलहरु खोल्न सरकारलाई उनको आग्रह रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us