गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिंदै

काठमाण्डु टुडे २०८० वैशाख २१ गते ११:४५ मा प्रकाशित

काठमाण्डु, २१ वैशाख– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभाबाट आज बिहिबार विश्वासको मत लिँदैछन् ।

पाण्डेले विश्वासको मत लिने गरी दिउँसो २ बजे संसद बैठक बोलाइएको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा पाण्डे यँहि १४ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

नियुक्तिको भोलिपल्ट शपथ लिएका उनले २ जना बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए । उनले संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्रीमा विश्वासको मत लिन लागेका हुन ।

६० सिट रहेको गण्डकी प्रदेशमा बहुमतका लागि ३१ सिट आवश्यक हुन्छ । गण्डकी प्रदेशमा कांग्रेसको २७ सिट, सत्तारुढ माओवादीको सभामुखबाहेक ७ र एकीकृत समाजवादीको एक सिट गरी ३५ सिट छ ।

सत्ता सारथि नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि नेकपा एमालेका खगराज नेतृत्वको प्रदेश सरकार परिवर्तन भएको हो । अधिकारीले संसदबाट विश्वासको मत गुमाएपछि पाण्डे नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us