गण्डकी प्रदेश सरकार ढल्दै, पाण्डे बन्दैछन् नयाँ मुख्यमन्त्री

काठमाण्डु टुडे २०८० वैशाख ९ गते ९:०२ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मतका लागि अपिल गर्ने भएका छन् ।

विश्वासको मत लिने प्रयोजनका प्रदेशसभा बैठक दिउँसो तीन बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । गते माओवादी केन्द्रका मन्त्रीले सामूहिक राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारी अल्पमतमा परेका छन् ।

सरकारलाई समर्थन गर्ने घटकले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउन ३१ सदस्यको समर्थन चाहिन्छ ।

एमालेका २२ र राप्रपाका दुई समेत २४ जना अघिकारीलाई विश्वासको मत दिने पक्षमा छन् । गण्डकी प्रदेशसभा ६० सदस्यीय छ । त्यसैले अधिकारीले विश्वासको मत पाउने सम्भावना कमै छ । कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीका एक गरी ३४ सांसद विपक्षी गठबन्धनमा छन् ।

अधिकारीले विश्वासको मत नपाए सरकार ढल्नेछ । संघीय सरकारको नेतृत्व गरिरहेको सत्तारुढ गठबन्धनबीचको समझदारीका आधारमा गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वमा सरकार बन्नेछ । काँग्रसले मुख्यमन्त्रीमा संसदीय दलका नेता सुरेन्द्र अधिकारीलाई अघि सार्ने करिब पक्काजस्तै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us