प्रधानमन्त्री प्रचण्ड फास्ट्रयाक अनुगमनका लागि निजगढ प्रस्थान

काठमाण्डु टुडे २०८० वैशाख ५ गते ११:१७ मा प्रकाशित

काठमाण्डु, ५ वैशाख– नेकापा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाराको निजगढमा रहेको फास्ट्रयाक अनुगमन गर्ने भएका छन् ।

आज (मंगलबार) बिहानै तराई मधेससँगै काठमाण्डु जोड्ने ७६ किलोमिटर दुरीको महत्त्वपूर्ण मार्गको अनुगमन गर्न प्रधानमन्त्री त्यसतर्फ गएका हुन् ।

प्रधानमन्त्री फास्ट्रयाक निर्माणको अवस्थाको विषयमा अवलोकन गर्न गएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले जानकारी दिएका छन ।

उनले भने, ‘ ‘फास्ट्रयाकको अनुगमनमा जानु भएको छ । त्यहाँको कामको अवस्था के कस्तो छ भन्ने विषयमा अवलोकन गर्नु हुने छ’ । प्रधानमन्त्री प्रचण्ड आजै काठामाण्डु फर्कने कार्यतालिका रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us