उपनिर्वाचनपछि मधेस प्रदेशमा जनमतको मुख्यमन्त्री बन्छ: सीके राउत

काठमाण्डु टुडे २०८० वैशाख २ गते १५:३३ मा प्रकाशित

काठमाण्डु,२ वैशाख– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगमी १० वैशाखमा हुने उपनिर्वाचनपछि मधेस प्रदेशमा जनमत पार्टीको मुख्यमन्त्री बन्ने बताएका छन ।

अध्यक्ष राउतले आज शनिबार आफ्नो फेसबुकमा लेखका छन्, ‘चैत्र १५ गतेको नेकपा माओवादी केन्द्र , काँग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमानदार रहने हो भने उपनिर्वाचनपछि मधेसमा जनमतको मुख्यमन्त्री बन्दैछ, नभए कांग्रेसको ।’

उनले यहाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री आफैँ कति दिन टिक्ने ठेगान नरहेको टिप्पणी गर्दै थप लेखेका छन्, ‘मधेस प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचन पछि आफैँ बहिर्गमन हुँदैछ।

यस्तो अवस्थामा जनतालाई दिग्भ्रमित गर्न सत्ताधारीहरूले अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ छैन। जसपाका आफ्नै मुख्यमन्त्री र संघीय मन्त्रीहरूको भविष्यको ठेगान छैन, अरू बारेमा के भ्रम छर्नु।’

उनले जनमत पार्टीले छाडेको मन्त्रालय काँग्रेसले लिने भएपछि सरकार तथा गठबन्धनमा जनमत नरहने समाचार बाहिर आएसँगै यस्तो बताएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us