सरकारलाई एमालेको प्रश्न: ९१ दिनमा संसदको २१ वटा मात्रै बैठक किन ?

काठमाण्डु टुडे २०७९ चैत २७ गते १५:११ मा प्रकाशित

काठमाण्डु,२७ चैत– एमालेले संसदको बैठकहरु पर्याप्त नराखिएको र राखिएको बैठकलाई पनि उपलब्धीपूर्ण बनाउन नसकेको भन्दै सरकारको आलोचना गरेको छ ।

आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधिसभाको पहिलो बैठक बसेको ९१ दिन पुगेको र यसबीचमा २१ वटा मात्रै बैठक बसेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका छन ।

गत ४ मंसिरमा सम्पन्न भएको निर्वाचनकाबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्यहरुले ७ पुसमा शपथ ग्रहण गरेका थिए । २५ पुसमा प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो ।

यसबीचमा जम्मा २१ वटा बैठक बसेको उल्लेख गर्दै गिरीले भने, ‘२१ वटा बैठक बस्दा पनि उपलब्धी के भयो ? एउटा पनि ऐन निर्माण गर्न सकिरहेका छैनौं ।’

उनले प्रतिनिधिसभामा पेश भएका विधेयकहरु पनि अगाडि बढ्न नसकेको भन्दै ‘पेश भएका विधेयकहरुमाथि सैद्धान्तिक छलफल भए । तर, संसदीय समिति बनाएर अगाडि लैजान सकिर उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us