१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

काठमाण्डु टुडे २०७९ चैत २७ गते १३:२१ मा प्रकाशित

काठमाण्डु,२७ चैत– प्रहरीले पाल्पाबाट १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवालाई पक्राउ गरेकोे छ ।

पक्राउ पर्नेमा तानसेन नगरपालिका–११ गाबुडाँडा बस्ने ३७ वर्षीय लिला बहादुर बस्याल रहेका छन । बस्यालले ती बालिकालाई

चैत २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us