बागमती सरकारमा कांग्रेस सहभागी हुने, बहादुर र तीर्थ मन्त्री बन्दै

काठमाण्डु टुडे २०७९ चैत २६ गते १८:१४ मा प्रकाशित

काठमाण्डु ,२६ चैत- बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ ।

आइतबार कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा र प्रदेशसभा सदस्य तीर्थ लामाले आइतबार साँझ मन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ ।

बहादुरसिंहलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र तिर्थ खानेपानी, उर्जा तथा सिचाईँ मन्त्रालयको जिम्मेवारी दिइने छ ।बागमतीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् ।

नवनियुक्त मन्त्रीहरुको साढे ६ बजे सपथ हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us