
काठमाण्डु, २३ चैत– नेपाल टेलिकमले यस बर्ष एसईईमा सहभागी भएका विद्यार्थीहरूका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ।
यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई निःशुल्क सिम उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ ।
२४ चैत देखि उपलब्ध हुने यो अफर ३ महिना सम्म उपलब्ध हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध हुने बताइएको छ ।
उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरूबाट निःशुल्क उपलब्ध हुनेछ। सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरू उपलब्ध हुनेछन्।
विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरू उपयोग गर्न सकिने व्यवस्था गरेको छ । नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरूले सिम कार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने १० रूपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने भएको छ ।
साथै, एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएससहितको सुविधा प्रयोग गर्न सक्नी छ ।
यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ ।
यस अनुसार ३० दिनसम्म ३००० एमबी डाटा, ६०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुने टेलिकमलका प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन ।
\नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरूले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ।